Introduction
विद्यालयको परिचय
ऐतिहासिक पृष्ठभूमि
२० औँ शताब्दीको विकासको गति राणाशासनको पतन र प्रजातन्त्रको उदयसँगै नेपालमा पनि शिक्षा विकासको गतिले लामो फड्को पार गरेको छ । शिक्षा युगको माग हो । यसलाई कसैले नकार्न सक्दैन भन्ने अवधारणाले नेपाली जनतामा जरा गाडिसकेको छ । त्यसैको फलस्वरुप यो पूर्वी नेपालको कोशी प्रदेश मोरङ जिल्ला, सुनबर्षी न. पा. वडा नं. १ मा पनि यस ठाउँको विकास र जनताहरुको प्रगतिलाई ध्यान केन्द्रित गर्दै स्थानीय वासिन्दाहरुले धेरै ठूलो त्याग र तपस्या गरी स्थानीय स्रोत र साधनको परिचालनद्वारा वि.सं. २०२६ सालमा श्री मंगल सिंह प्रा.वि. स्थापना गरेका हुन् । स्थापना कालमा फुसको छाना, टाटीको बेराद्वारा कक्षा सञ्चालन हुन थाल्यो । पछि यसलाई तीन वटा कक्षामा विस्तार गरी कक्षा ३ सम्म सञ्चालन भयो । स्थानीय वासिन्दाले थप जोश र उमङ्ग देखाउन थाले । फलस्वरुप विद्यालयलाई पहिलेको ठाउँबाट केचना बजारमा स्थानान्तरण गरियो, जुन ठाउँमा भएको ऐलानी जमिनलाई स्थानीय बुद्धिजीवी र समाजसेवीले विद्यालयको नाममा फिल्डबुक दर्ता गराई हकदार बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
स्थानीय स्तरमा सञ्चालन भएको विद्यालयलाई फलाउन, फुलाउनका लागि कोष तयार पार्न कति कठिनाई हुन्छ भन्ने विषयमा सबैलाई थाहा भएकै कुरो हो । यस विद्यालयको सञ्चालनमा केही बाधा व्यवधान सिर्जना नहोस् भन्नाका लागि स्थानीय जनता र विद्यालय सञ्चालक समितिद्वारा विद्यालयको आसपासमा रहेको ऐलानी जमिन विद्यालयका नाममा फिल्डबुक गराएको १३–०–० बिगाहाको हालसम्म पूर्जा निकाल्न बाँकी छ भने ०१–०२–०० बिगाहको पूर्जा विद्यालयका नाममा रहेको छ । यहाँबाट प्राप्त भएको आम्दानी विद्यालयको कोषमा जम्मा भएर आवश्यकता अनुसार खर्च गरिँदै आएको छ । विद्यालयको स्रोत तथा साधनमा वृद्धि हुन थालेपछि जिल्ला शिक्षा कार्यालयद्वारा प्राथमिक तहसम्मका कक्षा सञ्चालन गराउन वि.सं. २०२९ साल पुस ९ गते पूर्ण रुपमा अनुमति प्राप्त भयो । यो नै यहाँका वासिन्दाको पहिलो उपलब्धि भयो । विद्यालयलाई प्राथमिक तहबाट स्तरोन्नति गराउन देउसी–भैलो जस्ता कार्यक्रम गरी आर्थिक पक्ष बलियो बनाइयो । इलाका वन कार्यालयमा सम्पर्क गरी विद्यालयभवन बनाउन काठ उपलब्ध गराइयो । यसरी त्यसताकाको एउटा आकर्षक विद्यालय बन्यो । विद्यार्र्थी सङ्ख्या पनि उच्च रहेकाले तत्कालिन जि.शि.का.बाट वि.सं. २०३८ मङ्सिर २४ गते निम्न माध्यमिक तह सञ्चालनको स्वीकृति प्राप्त भयो । वि.सं. २०४४ सालमा तत्कालिन अञ्चल स्तरीय निम्न माध्यमिक तह उत्तीर्ण परीक्षामा यस विद्यालयकी छात्रा निर्मला बस्नेतले अञ्चल टप गरिन् र सोही वर्षको शिक्षा दिवसमा नगद रु. ३५,०००।– सहित कदरपत्र दिलाइन् ।
विद्यालयको स्तरोन्नति गर्ने क्रममा वि.सं. २०४९ मा माध्यमिक तहको कक्षा ८ सञ्चालन गरियो भने २०५० मा कक्षा ९ र २०५१ मा कक्षा १० सञ्चालन हुन थाल्यो । माध्यमिक तह चलाउन राख्नुपर्ने धरौटी वापतको एक लाख स्थानीय स्तरबाट चन्दा सङ्कलन गरी जुटाइएको थियो । स्थानीय स्रोत र साधनकै भरमा विद्यालयसञ्चालन हुँदै थियो । शैक्षिक सत्र २०५१÷५२ मा प्रथम पटक यस विद्यालयबाट औपचारीक रुमा एस.एल.सी. परीक्षामा विद्यार्र्थी सामेल भए । तत्कालीन श्री ५ को सरकारले २०५० साल सम्ममा एस.एल.सी. परीक्षामा परीक्षार्थी सामेल गराउने विद्यालयहरुलाई माध्यमिक तहको स्वीकृति प्रदान ग¥यो । विद्यालय भवन निर्माणका लागि आधारभूत प्राथमिक शिक्षा परियोजना, डेनिडा, सांसद कोष, जिल्ला विकास समितिको जनसहभागितामा आधारित कार्यक्रम, आर.आर.एन. र तत्कालिन जि.शि.का.मोरङ आदि संस्थाबाट सहयोग प्राप्त भएको छ । स्थानीय स्तरबाट पनि विद्यालयको भौतिक विकासका लागि पर्याप्त सहयोग प्राप्त भएकै छ ।
भौगोलिक अवस्था
मोरङ जिल्लाको सुनबर्षी न. पा. वडा नं. १ मा डाँस र मरिया बक्रा खोलाको बिचमा उबड खाबड धरातलीय स्वरुप भएको अति रमणीय स्थलमा श्री मंगल सिंह मा.वि. केचना रहेको छ । यसको पूर्व, दक्षिण र पश्चिममा क्रमशःमरिया बक्रा र डाँस साथै उत्तरमा पथरीशनिश्चरे न. पा. वडा नं. ६ ले सिमानाको काम गरेको छ । यस विद्यालयमा बालबालिका आउनका लागि बाटो, पुल, पुलेसा आदि सामान्य अवस्थामा रहेका छन् भने विद्यालयको वातावरणलाई शान्त, शीतल र हराभरा बनाउनका लागि यहाँका स्थानीय अभिभावक, बुद्धिजीवी, शिक्षाप्रेमी, शिक्षक तथा विद्यार्र्थी लागि परेका छन् । विद्यालयको हाताभित्र विभिन्न प्रकारका बोट विरुवाहरु वृक्षरोपण गरी हुर्काएको हुँदा यहाँको हावापानी अत्यन्तै स्वच्छ रहेको छ । यस विद्यालयको स्वामित्वमा रहेको एउटा विशाल प्राकृतिक पोखरी छ, जसलाई कमलपोखरी भनिन्छ । यस पोखरीमा धेरै थरीका कमलको फूल फुल्नुका अलवा विभिन्न प्रकारका पक्षीहरुले वास गर्ने भएकाले यसलाई प्रकृतिको देन सम्झी पर्यटकीय स्थल घोषणा गराउन सकेमा विद्यालयलगायत गाउँको नै उन्नति हुने थियो ।
0 Reviews: